Prakash Dutraj

Ghar Kata Ho Baini Ko Lyrics

Shanti Shree Pariyar / Prakash Dutraj

झिसमिसे छ अँधेरी
बिर्स्यौ क्या हो पँधेरी?
झिसमिसे छ अँधेरी
बिर्स्यौ क्या हो पँधेरी?
लेकको चरी कहाँ झऱ्यो?
घर कता हो बहिनीको? लौ न, साह्रै मन पऱ्यो
घर कता हो बहिनीको? लौ न, साह्रै मन पऱ्यो
ए, लौ न, साह्रै मन पऱ्यो
दाँतै तिम्रो झार्दिम्ला
नजिस्क्याऊ है, मार्दिम्ला
दाँतै तिम्रो झार्दिम्ला
नजिस्क्याऊ है, मार्दिम्ला
नजिक—नजिक नसर
लाउन्न, दाजै, पिरती, भो—भो, आसै नगर
लाउन्न, दाजै, पिरती, भो—भो, आसै नगर
हाय, भो—भो, आसै नगर
हाम्लाई राख मनैमा
डर लाग्ला नि वनैमा
हाम्लाई राख मनैमा
डर लाग्ला नि वनैमा
लेकको चरी कहाँ झऱ्यो?
घर कता हो बहिनीको? लौ न, साह्रै मन पऱ्यो
घर कता हो बहिनीको? लौ न, साह्रै मन पऱ्यो
ए, लौ न, साह्रै मन पऱ्यो
कति मीठो बोल्नी
कता पुग्ने होला नि?
ए, कति मीठो बोल्नी
कता पुग्ने होला नि?
नजिक—नजिक नसर
लाउन्न, दाजै, पिरती, भो—भो, आसै नगर
लाउन्न, दाजै, पिरती, भो—भो, आसै नगर
हाय, भो—भो, आसै नगर
नफर्किने गरेर
जाम्ला खोली तरेर
नफर्किने गरेर
जाम्ला खोली तरेर
लेकको चरी कहाँ झऱ्यो?
घर कता हो बहिनीको? लौ न, साह्रै मन पऱ्यो
घर कता हो बहिनीको? लौ न, साह्रै मन पऱ्यो
ए, लौ न, साह्रै मन पऱ्यो
दिए जोबन हातैमा
काँ लान्छौ र साथैमा?
दिए जोबन हातैमा
काँ लान्छौ र साथैमा?
नजिक—नजिक नसर
लाउन्न, दाजै, पिरती, भो—भो, आसै नगर
लाउन्न, दाजै, पिरती, भो—भो, आसै नगर
हाय, भो—भो, आसै नगर
राजारानीझैँ गरी
बस्न ठाउँ छ मनभरि
राजारानीझैँ गरी
बस्न ठाउँ छ मनभरि
लेकको चरी कहाँ झऱ्यो?
घर कता हो बहिनीको? लौ न, साह्रै मन पऱ्यो
घर कता हो बहिनीको? लौ न, साह्रै मन पऱ्यो
ए, लौ न, साह्रै मन पऱ्यो
वनको काफल चरीलाई
कर नगर, बरिलै
वनको काफल चरीलाई
कर नगर, बरिलै
नजिक—नजिक नसर
लाउन्न, दाजै, पिरती, भो—भो, आसै नगर
लाउन्न, दाजै, पिरती, भो—भो, आसै नगर
हाय, भो—भो, आसै नगर
शीतल दिनी छायाले
कुरा बुझ्देऊ मायाले
शीतल दिनी छायाले
कुरा बुझ्देऊ मायाले
लेकको चरी कहाँ झऱ्यो?
घर कता हो बहिनीको? लौ न, साह्रै मन पऱ्यो
घर कता हो बहिनीको? लौ न, साह्रै मन पऱ्यो
ए, लौ न, साह्रै मन पऱ्यो
डोको राम्रो चोयाको
जाल नबुन मोयाको
डोको राम्रो चोयाको
जाल नबुन मोयाको
नजिक—नजिक नसर
लाउन्न, दाजै, पिरती, भो—भो, आसै नगर
लाउन्न, दाजै, पिरती, भो—भो, आसै नगर
हाय, भो—भो, आसै नगर
निधो गर्देऊ के गरम्?
वैशाखैमा बे गरम्
निधो गर्देऊ के गरम्?
वैशाखैमा बे गरम्
लेकको चरी कहाँ झऱ्यो?
घर कता हो बहिनीको? लौ न, साह्रै मन पऱ्यो
घर कता हो बहिनीको? लौ न, साह्रै मन पऱ्यो
ए, लौ न, साह्रै मन पऱ्यो
चरी बस्यो वरैमा
माग्न आउनू घरैमा
चरी बस्यो वरैमा
माग्न आउनू घरैमा
नजिक—नजिक नसर
लाउन्न, दाजै, पिरती, भो—भो, आसै नगर
लाउन्न, दाजै, पिरती, भो—भो, आसै नगर
हाय, भो—भो, आसै नगर
SONGWRITERS
Prakash Dutraj