Shanti Shree Pariyar

Kasmire Pachhyauri Lyrics

Shanti Shree Pariyar / Babu Krishna Pariyar



निधारैमा टिकी टलक्क
सुन्तली नानीको मुहार झलक्क
निधारैमा टिकी टलक्क
सुन्तली नानीको मुहार झलक्क

कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँली, पिरती दुई दिन बाँचुन्जेल
कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँली, पिरती दुई दिन बाँचुन्जेल
लाम्, साइँली, पिरती दुई दिन बाँचुन्जेल

लाजै लाग्यो, हेरेँ भइँतिर
आँखैको निसाना ट्याक्कै मैतिर
लाजै लाग्यो, हेरेँ भइँतिर
आँखैको निसाना ट्याक्कै मैतिर

कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँला, पिरती दुई दिन बाँचुन्जेल
कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँला, पिरती दुई दिन बाँचुन्जेल
लाम्, साइँला, पिरती दुई दिन बाँचुन्जेल

फूल राम्रो लालुपातेको
छ-छैन मायाले जोबन साटेको?
फूल राम्रो लालुपातेको
छ-छैन मायाले जोबन साटेको?

कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँली, पिरती दुई दिन बाँचुन्जेल
कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँली, पिरती दुई दिन बाँचुन्जेल
लाम्, साइँली, पिरती दुई दिन बाँचुन्जेल

जोडी सुगा, जोडी ढुकुर
एक्लै यो जिन्दगी लुखुरलुखुर
जोडी सुगा, जोडी ढुकुर
एक्लै यो जिन्दगी लुखुरलुखुर

कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँला, पिरती दुई दिन बाँचुन्जेल
कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँला, पिरती दुई दिन बाँचुन्जेल
लाम्, साइँला, पिरती दुई दिन बाँचुन्जेल

चिसो पानी धारापानीको
साटिदेऊ सम्झना जिन्दगानीको
चिसो पानी धारापानीको
साटिदेऊ सम्झना जिन्दगानीको

कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँली, पिरती दुई दिन बाँचुन्जेल
कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँली, पिरती दुई दिन बाँचुन्जेल
लाम्, साइँली, पिरती दुई दिन बाँचुन्जेल

दिऊँ कि मुटु खोली तिमीलाई?
लाखौँलाख मायाको झोली तिमीलाई
दिऊँ कि मुटु खोली तिमीलाई?
लाखौँलाख मायाको झोली तिमीलाई

कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँला, पिरती दुई दिन बाँचुन्जेल
कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँला, पिरती दुई दिन बाँचुन्जेल
लाम्, साइँला, पिरती दुई दिन बाँचुन्जेल

काँडाले पाउ छुनै नदिम्ला
रिसाउनै नदिम्ला, रुनै नदिम्ला
काँडाले पाउ छुनै नदिम्ला
रिसाउनै नदिम्ला, रुनै नदिम्ला

कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँली, पिरती दुई दिन बाँचुन्जेल
कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँली, पिरती दुई दिन बाँचुन्जेल
लाम्, साइँली, पिरती दुई दिन बाँचुन्जेल

एक सयमा १०० नम्बर
लाएको पिरती अटल-अम्मर
एक सयमा १०० नम्बर
लाएको पिरती अटल-अम्मर

कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँला, पिरती दुई दिन बाँचुन्जेल
कश्मीरे पछ्यौरी, दार्जिलिङको रेल
लाम्, साइँला, पिरती दुई दिन बाँचुन्जेल
लाम्, साइँला, पिरती दुई दिन बाँचुन्जेल
            
SONGWRITERS
Nischal Dawadi