के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर। के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर। ल्याएको थिएँ, दुइ थोपा आँसु, पोखियो छल्केर। के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर। के छ र अरु, म संग दिउँ, कविता छोडेर। कोरेको थिएँ, तेही दिउँ भनि, मेटियो झस्केर। ल्याएको थिएँ, गीत यो दिन तिमीलाई भनेर। पवन बिचै बिलाई गयो, त्यो पनि गाएर। ल्याएको थिएँ, दुइ थोपा आँसु, पोखियो छल्केर। के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर। तस्विर थि,यो मसंग एउटा राखेको खिचेर। पुरानो भइ, त्यो पनि आज, गएछ रुझेर। दिएको थिएउ मायाले एउटा, चिनो है भनेर। त्यो पनि फिर्ता दिउँ कि भन्दा, गएछ खिएर। ल्याएको थिएँ, दुइ थोपा आँसु, पोखियो छल्केर। के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर।