(भेटिनँ मैले ईश्वरको घर, जाऊँ कुन बाटो म चाहिँदैन केही, मात्र देऊ दर्शन, ज्यानै लेऊ साटोमा) २ पुजा गरेँ अनि भोग लगाएँ, कस्तो त्यो तिम्रो मन ढुङ्गा नै रैछ, ढुङ्गा कै त हौ, व्यर्थ भो यो जीवन (कसले बनायो भगवन तिमीलाई कस्को हौ रचना ढुङ्गा हौ तिमी मन्दिरमा बस्ने मान्छेकै सिर्जना) २ (कसरी गरूँ विश्वास म तिम्रो, छौ भने सामु आऊ) २ बुढो भएर मर्यौ होला कि, कसले लियो त्यो ठाउँ छौ भने मलाई, एउटा प्रश्नको उत्तर बताइदेऊ कसरी हट्छ संसारबाट दु:ख यो देखाइदेऊ (कसले बनायो भगवन तिमीलाई कस्को हौ रचना ढुङ्गा हौ तिमी मन्दिरमा बस्ने मान्छेकै सिर्जना) २