ए चरी
उड्नलाई आकाश छ
उदाउँदो प्रकाश छ
किन डराउँछौ, उड्नलाई
सहयोगी बतास छ
सपना पनि सत्य हुने छन
जब पखेटाले उड्न जान्ने छन
हरेक ठाउँ सहजै पुग्ने छौ
तिम्रो सहास जब मान्ने छन
किन डराउँछौ, उड्नलाई
जित्नलाई सहास छ
अड्चन बाधा धेरै नै आउलान
प्रयास कहिल्यै छाड्नु हुन्न
बाँच्ने मर्ने, एउटै जुनी
अर्को जुनी, थाहा नै हुन्न
किन डराउँछौ, उड्नलाई
यहाँ, हर कोहि खास छ
ए चरी
उड्नलाई आकाश छ
उदाउँदो प्रकाश छ
किन डराउँछौ, उड्नलाई