Bartika Eam Rai

Samjhana Ma Lyrics

Bartika Eam Rai



सम्झनामा म सधैँ हाँसिरहू
बाटो छुटेदेखि कस्तो कस्तो संसार 
तिमीले एक्लै देख्यौ होला सबैभन्दा टाढा
कति फेरी फेरी यहि एउटा जीवन 
कति थरि बाच्यौ होला छ कसलाई थाहा
दुख कै कुरा गर्ने हो भने 
साँझ हैन धेरै साँझ चाहिन्छ तिमीलाई थाहा छ 
झुटो नबोली खुला सत्य बोल्ने हो भने 
कति आँसु बग्नेछन् यहाँ तिमीलाई थाहा छ
सम्झनामा म सधैँ हाँसीरहू
सम्झनामा तिमी सधैँ हांसीरह 

अनि ए साथी, भेट भयो 
आज कति वर्षपछि ?

माईला दाईको रेडियोमा 
सँगै गीत गाईहिड्थे हुने हो म 
गायिका भन्दै हिड्थे म 
तैँले बुनिदिएको सपना 
पछ्याउँदै आईपुगे यहाँसम्म 
सपनाको झोला बोकी आकाश चुम्ने 
साहस लिँदै ठूलो मान्छे बन्ने हू म भन्दै गाथ्यिस तँ 
एकचोटी पनि नफ़र्किकन 
उडीहालिस त्यहि ठूलो जहाजमा 
सम्झनामा म सधैँ हाँसीरहू
सम्झनामा तिमी सधैँ हांसीरह 

सिकेकै कुरा गर्ने हो भने 
यथार्थदेखि रहेछ सोच कति टाढा
भोगेकै कुरा साट्ने हो भने 
कति आँसु बग्नेछन् यहाँ तिमीलाई थाहा छ 
सम्झनामा म सधैँ हाँसीरहू
सम्झनामा तिमी सधैँ हांसी नै रह
            
SONGWRITERS
Bartika Eam Rai