तिमी कहाँ छौ भनी आकाशलाई सोधे जूनलाई सोधे
तिम्रो मेरो नाता सम्बन्ध यो धर्तीमा पनि खोजें
तिम्रो मेरो जीवन यात्रामा म आउन सकिन
यो जुनीभर तिम्लाई मैले पाउन सकिन।
तिमी कहाँ छौ भनी सपनीमा खोजें बिपनीमा खोजें
तिम्रो मेरो नाता सम्बन्ध यो धर्तीमा पनि खोजें
जे गर्छौ जता जान्छौ सधैँ खुसी हुनु माया
बनिरह्यो जिन्दगीभर हृदयमा अमिट छायाँ।
तिमी कहाँ छौ भनी बादलुलाई सोधें जुनेलीमा खोजें
तिम्रो मेरो नाता सम्बन्ध यो धर्तीमा पनि खोजें