Yogeshwor Amatya

Jaba Sandhya huncha Lyrics

Yogeshwor Amatya




तिम्रा आँखा हरु झिमिक्क झिमिक्क गर्दथे
तारा हरु संग ताल मिलाइ
र जब म तिमिलाइ चुम्दथे अनि
तिम्रा आँखा हरु थुन्दथे
र बत्ती बन्द
र बत्ती बन्द

आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म आजकाल

आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म
दुनिया संग दिनहु अनेकौ निहु खोज्दछु म

तिमिलाइ पाउने धोको छाडिसके तिमिले ढोको थुनेर गएपछि
तिमिलाइ पाउने धोको छाडिसके तिमिले ढोको थुनेर गएपछि
तरपनी आजकाल बिहान घाम उदाउछ

राती ताराहरु चम्कन्छन
र बजारमा छ्याप्छ्यापती सोमरस पाइन्छ
कहिलेकहिले खाइन्छ, रमाइन्छ र भुलाइन्छ पनि

मलाइ दिइसकेको दिल अरुलाइ तिमी नबेच
मलाइ दिइसकेको दिल अरुलाइ तिमी नबेच
मलाइ अंगालो हालिसकेउ अरुलाइ अंगालो नहाल
जब सन्ध्या हुन्छ दिल मेरो घबराउछ
तिम्रो मिलनको आशमा अध्यारोले सताउछ
जब सन्ध्या हुन्छ दिल मेरो घबराउछ

तिम्रो मिलनको आशमा अध्यारोले सताउछ

दुई दिनको जिन्दगी मा एकछिन को भेट
दुई दिनको जिन्दगी मा एकछिन को भेट
तर अमर रहोस हामी दुबै को प्रेम

जब सन्ध्या हुन्छ दिल मेरो घबराउछ
तिम्रो मिलनको आशमा अध्यारोले सताउछ

ओठ हासोको लागि, हासो एकछिन को लागी
ओठ हासोको लागि, हासो एकछिन को लागी
तर माया र प्रेम, ती हुन सधैको लागि
जब सन्ध्या हुन्छ दिल मेरो घबराउछ
तिम्रो मिलनको आशमा अध्यारोले सताउछ
SONGWRITERS
Yogeshwor Amatya