Yabesh Thapa

Kaamanaa Lyrics

Yabesh Thapa




अल्झाएर
नराख है त्यो मुटुलाई
जान देऊ 
मलाई

यो फिक्का आकाशमा
उड्न दिनु है मलाई
बादल गर्जिए भने
नबोलाउनु है

यो तीतो भावना
कहाँ ओकालौ नी है
यो पच्छ्याई रहने यादबाट
कहाँ भागौं नी खै

माया खोजिरहे 
यो पापी संसार बाट
कति रुवाउँछौ माया
अब चाहिँ नढाट

भनन मलाई
हामी दुई बीचको
सबै माया नै त थियो नी
हैन र ?

बुझाइदेउन मलाई
सम्हालन मलाई
विलाउँदैछु आज
अँगाली राख न मलाई

हेरी बसे तिमलाई उसकै 
अँगालो मा बाँधिएको
टाढै बाट टोलाई रहे
त्यो मुहार चन्द्रमा जस्तो

बोलाउन त मन्थ्यो
तर आँट नै आएन
बसिरहन खोजे
तर मन ले चाहेन
संसार का सारा खुसी
तिम्रै नाम होस्
यही नै छ मेरो
कामना ।