TShunya

Sambhawana = delta(maan) Lyrics

TShunya




फलेको बृक्ष निहुरिन्छ रे तर धेरै झुकेको रुख भाचिन्न र ?
यथार्थको खोजीमा प्रश्न र उत्तर तर्कन्न र ?

लत्रेको बिश्वास कुहिएको भाव टुंगिएको धमिला चाहना 
भावले देख्दा हरेश र पिडा नेत्र उघ्रिदा सामान्य सत्य
आकाशको मुनि सृष्टिको अङ्श सृष्टिकै सत्य समेटी हेर
समयको चक्र अंगाली मित्र तिमी फूल भै फक्र

प्रकृतिका रंग 
चित्र ढंग ढंग 
मस्तिस्क तरङ्ग 
तरङ्ग अंग अंग
आऊ न साथी, आओस न मन, भागौँ मसँग
शान्तिको आगन  प्रकाशको आभा तिमी कहिले नटुंग

मन त आखिर मनै हो , डोहोर्याएर आउने काम तिम्रो हैन र ?
भव को आंधी फैलदा साथी समेट्ने त्यै मनले हैन र ?
नभन हुन्न भनेनौ धन्न 
मन जब शून्य आफैलाई पुण्य
कुठारे शीत सबैको गीत 
तर  सृष्टिको रीत सबै असिमित  

फलेको बृक्ष निहुरिन्छ रे तर धेरै झुकेको रुख भाचिन्न र ?
SONGWRITERS
Suyash Rijal

More Lyrics from TShunya
  • Sambhawana = delta(maan) Lyrics by TShunya
  • View All