Sushant Kc

Sarangi Lyrics

Sushant Kc




उडीउडी मन भाग्छ किन
तिम्रैतिर? हेर, भन, के गरूँ म?

चाहेर पनि मैले भन्न सकिन
तिमीलाई, मेरो मुटु चोरिसक्यौ तिमीले
भागेर शरीरबाट यो आत्माले छोडेर गाछ
तिम्लाई नै खोजी हिँड्छु रे

मेरो दिन बरबाद भो यादमा तिम्रो फेरि
बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि
मेरो दिन बरबाद भो यादमा तिम्रो फेरि
बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि

उडीउडी मन भाग्छ किन
तिम्रैतिर? हेर, भन, के गरूँ म?
मुस्कानले तिम्रो मेरो मन सारङ्गीझैँ
आज बज्न थाल्यो, भन, के गरूँ म? के गरूँ?

हाँसेर बोल न, माया, सहन सकिन्न
रुठो तिमी भइदिए कि दुखिदिन्छ मन नै
चुँडिएला बाजाका तार, तर मन त मेरो सालौँसाल
तिमी सुन्छौ भने बजिरहन्छ रे

तिम्रो र मेरो भेट भो सन्जोगले भन्छौ कि?
नियति नै तिम्रै लागि लेख्नु रैछ यो गीत
मेरो दिन बरबाद भो यादमा तिम्रो फेरि
बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि

उडीउडी मन भाग्छ किन
तिम्रैतिर? हेर, भन, के गरूँ म?
मुस्कानले तिम्रो मेरो मन सारङ्गीझैँ
आज बज्न थाल्यो, भन, के गरूँ म?

मीठो-मीठो कुरा गर न, सुनूँ म कसरी?
गहिरो, कालो ती आँखामा हेरेँ, भुलूँ म कसरी?
मीठो-मीठो कुरा गर न, सुनूँ म कसरी?
गहिरो, कालो ती आँखामा हेरेँ, भुलूँ म कसरी?

मुस्कानले तिम्रो मेरो मन सारङ्गीझैँ
आज बज्न थाल्यो, भन, के गरूँ म? के गरूँ?

तिम्रै अभाव महसुस भाछ
छ हताश मनमा, तिमी नै जवाफ
तिम्रै अभाव महसुस भाछ
छ हताश मनमा, तिमी नै जवाफ

तिम्रो र मेरो भेट भो सन्जोगले भन्छौ कि?
नियति नै तिम्रै लागि लेख्नु रैछ यो गीत
SONGWRITERS
Sushant Kc

More Lyrics from Sushant Kc
  • Bhaagera Lyrics by Sushant Kc
  • Phone ko number Lyrics by Sushant Kc
  • Bardali Lyrics by Sushant Kc
  • Phone Ko Number Lyrics by Sushant Kc
  • Maya Ma Lyrics by Sushant Kc
  • Gulabi Lyrics by Sushant Kc
  • Timro Maya Lyrics by Sushant Kc
  • Behos Lyrics by Sushant Kc
  • Sathi Lyrics by Sushant Kc
  • Jhyal Bata Lyrics by Sushant Kc
  • View All