Roshan Thapa

Lekhau Bhawisya Lyrics

Mr D / Jayan J Waiba / Nischal Basnet / Roshan Thapa




अंकुशे काँडा रोपेर पवित्र पिपल उम्रिन्न 
अब पनि केही सोचेनौ भने कहिले पनि उठिन्न

लेखौँ भविष्य आफ्नो आफै नै अरु कोही आई बनाउँदैन यो देश 
जङ्गार तरेर चाल्नु छ पाइला नथाक है अहिले बदल्नु छ परिवेश
बल्नेछौ रातमा राको बनेर चिच्याई डाँकमा डाँको छोडेर 
उठ्नेछ देश उदाउनेछौ हामी यो भत्केको घरलाई उठाउनु छ माथि

लेखौँ भविष्य आफ्नो आफै नै अरु कोही आई बनाउँदैन यो देश 
ती परदेशिएका पैताला लाई पर्खिदैछन आगन 
यो देश हाम्रो अस्तित्व यो भुमि हाम्रो प्राङ्गण
असत्य डगमगाउछ जब शक्ति बन्छ आवज 
परिवर्तन गरे आफैलाइ अनि बद्लिन्छ यो समाज 
न झुक्या थेउ न झुक्ने छौ 
यो अन्याय को भिड मा 
न फुट्या थेउ न फुट्ने छौ 
छ चन्द्र सुर्य सिरमा 
यो माटो ले पसिना मागे 
प्राण दिने पुस्ता हामी
जल्छ अहंकार जब आगो बन्छ झिल्का

फुर्तिला हातहरू अझै फुर्तिलो बनाउनु छ है उद्यमी चेतहरू अझै प्रगाड बनाउनु छ है। नखोज है देवता ढुङ्गा पिरोल्छ कहाँ भेट्छौ तिर्थ स्वर्ग यहीं छ
अब आफैमा निर्भर धरातलमा उभि स्वदेश बनाउन भविष्यलाई सोची
उठ्नेछ देश उदाउनेछौ हामी यो भत्किएको घरलाई उठाउनु छ माथि

हामिले फुल रोपे फुल फल्छ 
काडा रोपे काडा 
भविष्य राम्रो चाहिए हामिले
सोच्नु पर्छ आज
यो सिस्टम तिमिलाइ लखेट्छ 
तिमी न आतिउ नभाग 
किन कि फुल्छ कमल शान्ति बोकि हिलो हरुको माझ
छ आशा निराशा बाटो बाटोमा बाधा 
अभिलाषा पुरा गन्तब्य को बल्ल पुगेउ आधा
यो मन मा गौतम बुद्ध राखी शिर मा सगरमाथा 
उठाउने छौ यो झन्डा हामी ढल्या छैन आशा

लेखौँ भविष्य आफ्नो आफै नै अरु कोही आई बनाउँदैन यो देश 
जङ्गार तरेर चाल्नु छ पाइला नथाक है अहिले बदल्नु छ परिवेश
SONGWRITERS
Jayan J Waiba / Mr D

More Lyrics from Roshan Thapa
  • Lekhau Bhawisya Lyrics by Roshan Thapa
  • View All