रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ ... चाँदी माथिको स्वर्ण तिम्रो मुहारको कान्ती उसैै त राम्री छ्यौ तिमी फाहा नलाए हुन्छ मौका पर्खिन्न भन्छन् यौवन फर्कीन्न भन्छन् तिम्रो नयनको शान्ति मौन फिराद गर्छन् रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ ... मैले बुझिन भाका कैयन उपाय लाएँ अड्कल सकीन काट्न धेरै विचार लाएँ विन्ती म लाटोलाई भाषा सजिलो बोल टम्मै मिलेको ओठ संकोच नमानी खोल रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ