Lyrics: Susan Maskey
किन लाग्छ मेरो आँशु भोलि मोती बन्छ
किन लाग्छ मेरो दु:ख भोलि खुशी बन्छ
मेरो आज सित रोए
दुखे त के भयो
म पर्खुला भोलिलाई
भोलि त मेरै हो
घामको सानो टुक्रा ओढेको छु
सारा पीडालाई कतै भुलेको छु
जस्तो उड्न आकाशलाई रोजेको छु
सागरलाई भेट्न नदी बनिहिडेछु
माने उज्यालो छैन यो रात
बिहानी नजिक छ
हल्का सुगन्ध मनमा आज
हल्का छ संगीत
म गरौला आज पौरख
गौरब त मेरै हो
म पर्खुला भोलिलाई
भोलि त मेरै हो
घामको सानो टुक्रा ओढेको छु
सारा पीडालाई कतै भुलेको छु
जस्तो उड्न आकाशलाई रोजेको छु
सागरलाई भेट्न नदी बनिहिडेछु