Samriddhi Rai

Ma Chahi Nepali Lyrics

Samriddhi Rai



आज कति भागमा फुट्यौं हामी
जातकै कुरामा अल्झी जानी नजानी
जब संसार मिलिजुली एकै हुँदैछ ।

केटा कुन जातको मनपराईस् ?
केटी कुन थरको तैले भगाईस् ?
किन यहाँ सबैलाई राज्य चाहिएको छ?

को मतवाली को बाहुन क्षेत्री ?
के हामी एकै होइनौं र ?
त्यसैले जातभात छुट्याउनेलाई
तिमी यही भन्ने गर ।

तिमी को हो थाहा भएन
म चाहिँ नेपाली
तिमी को हो थाहा भएन
म चाहिँ नेपाली ।

मानिस ठूलो जातले हुन्न यहाँ
दिल नै ठूलो सबै थोक भन्दा
मुना मदन आए गए
कसैले केही बुझेन ।

सगरमाथा कसको भागमा पर्ला फेरि ?
बुद्ध बाड्ने कसको जिम्मेवारी
नेपाल, हाम्रो प्यारो देशमा
हिंसा अब चाहिएन

को आदिवासी, को जनजाति
के हामी एकै होइनौं र ?
त्यसैले जातभात छुट्याउनेलाई
तिमी यही भन्ने गर

तिमी को हो थाहा भएन
म चाहिँ नेपाली
तिमी को हो थाहा भएन
म चाहिँ नेपाली ।

बरदान नै पायौं हामीले
सुन्दर यो हाम्रो देश
कति रमाइलो विविधताको रङ्गिन भेष
सानो राष्ट्र तर सपना विशाल बोकी
संसारै जित्न लम्किदैछ नेपाली ।
            
SONGWRITERS
Samriddhi Rai