Pahenlo Batti Muni

Tatepate Bhitta Lyrics

Pahenlo Batti Muni



तिमीले चाहेको उज्यालो मैदान,
म अँध्यारो कोठा ।
तिमीले चाहेको खुला आकाश,
म बन्द चार कुना ।
सप्तरङ्गी सपना तिम्रो,
टाटेपाटे बैजनी भित्ता म ।

तिमीले चाहेको हँसिलो मुस्कान,
म रसाएका आँखा ।
तिमीले चाहेको अँगाल्ने हात, 
म भागिरहने गोडा । 
मुटुभरी आशा तिम्रो,
मायादेखि डराउने मन, म ।

गह्रुङ्गो याद मायाको भारी बिसाउँदा नि,
दोधारे चित्त दुखिरहन्छ फकाउँदा नि,
सधैँ माया दिनेछु भन्ने साथी तिमी,
बितेको पल सम्झि-सम्झि टुक्रिराख्ने म..
            
SONGWRITERS
Rochak Dahal