Ankit Babu Adhikari

Kasle Banayo Bhagwan Lyrics

Ankit Babu Adhikari



(भेटिनँ मैले ईश्वरको घर, जाऊँ कुन बाटो म
चाहिँदैन केही, मात्र देऊ दर्शन, ज्यानै लेऊ साटोमा) २

पुजा गरेँ अनि भोग लगाएँ, कस्तो त्यो तिम्रो मन
ढुङ्गा नै रैछ, ढुङ्गा कै त हौ, व्यर्थ भो यो जीवन
(कसले बनायो भगवन तिमीलाई कस्को हौ रचना
ढुङ्गा हौ तिमी मन्दिरमा बस्ने मान्छेकै सिर्जना) २

(कसरी गरूँ विश्‍वास म तिम्रो, छौ भने सामु आऊ) २
बुढो भएर मर्‍यौ होला कि, कसले लियो त्यो ठाउँ
छौ भने मलाई, एउटा प्रश्‍नको उत्तर बताइदेऊ
कसरी हट्छ संसारबाट दु:ख यो देखाइदेऊ

(कसले बनायो भगवन तिमीलाई कस्को हौ रचना
ढुङ्गा हौ तिमी मन्दिरमा बस्ने मान्छेकै सिर्जना) २
            
SONGWRITERS
Sushant Gautam
CONTRIBUTORS
manibibek